Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यु–१९ एसिया कप फुटबल छनौटः नेपाल र किर्गिस्तान भिड्दै

Loading

काठमाडौ,१४ कार्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ । यो खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ । यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ ।
यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed