![]()
बिबिसि । अमेरिकाको लस भेगासस्थित एक होटेलमा साङ्गितिक कार्यक्रम चलिरहदा भएको गोलाबारीमा मृत्यु हुनेको संख्या २० पुगेको छ । १ सय भन्दा बढी घाइते भएका छन् । घाइते भएका मध्ये १४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ ।
मन्डला बे होटेलको ३२ औं तलामा साङ्गितिक कार्यक्रम चलिरहदा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । घटना गराएको आशंका गरिएका एक स्थानीयको पनि प्रहरीको गोली लागी मृत्यु भएको छ । स्थानीय समयअनुसार आईतबार राती साढे १० बजे गोलाबारी शुरु भएको हो ।
घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाई अनुसन्धान अघि बढाएको छ । सो घटनालगत्तै लस भेगासस्थित बिमानस्थलमा अवतरण गर्न लागेका केही बिमान समेत डाईभर्ट गरिएको थियो । लस भेगासका विभिन्न होटेलमा गत शुक्रबारयता साङ्गितिक महोत्सव चलिरहेको छ ।


