Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनमा क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहका क्रममा झडप

Loading

बिबिसि । स्पेनमा क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहका क्रममा झडप भएको छ । जनमत संग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवाले जनाएको छ ।

स्पेनको संवैधानिक अदालतले उक्त जनमतसंग्रह अवैधानिक भएको बताएको छ । स्पेनी सरकारले मतदान रोक्न आग्रह गर्दै आएको छ ।
स्वतन्त्रता पक्षधरहरु मतदान केन्द्रमा मत खसाल्न बिहानैदेखि लामबद्ध भएका थिए । क्याटलन नेताहरुले संघीय प्रहरीको कारबाहीको आलोचना गरेका छन् । प्रहरी अधिकृतहरुले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन् ।

कैयौं स्थानमा मतपत्र र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed