Breaking News.... EverestOnlineKhabar
June 26, 2026

धुर्मुस सुन्तलीद्वारा बर्दिवासमा राहत बितरण

Loading

महोत्तरी । हास्यकलाकार एवम समाजसेवी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली ( कुञ्जना घिमिरे) ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन ।

धुर्मुसले भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरको हुन । पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला राहत पाएपछि बाँच्ने आशा पलाएको बताएका छन् । राहतमा चामल बाहेक चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ, तयारी खानेकुरा र टर्चलाइट रहेको थियो ।

राहत बितरण गर्दै धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आपूm केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed