Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पप स्टार सुगमको ‘दर्शन’ मा भगवानको खोजि

Loading

काठमाडौं । गायक तथा संगीतकार सुगम पोखरेलको नयाँ गीत ‘दर्शन’ सार्वजनिक भएको छ । पोखरेलले गीतको म्युजिक भिडियो युटयुबमार्फत सार्वजनिक गरेका हुन । यो गीत सुगमकै सातौं गीति संग्रह ‘श्वेत हंसिनी’ मा समेत समावेश हुनेछ ।

यो गीत ईश्वरको खोजिमा केन्द्रीत रहेको गायक पोखरेलले बताए । ईश्वरलाई खोज्दै हामी कहाँ कता धाइरहेको हुन्छौं तर ईश्वर हरेक मानिसभित्रै रहेको भावार्थ गीतले बोकेको पोखरेलले बताए । मनिष वशिष्ठले गीत लेखेका हुन् ।

तले ईश्वरकै नाममा लाखौंको भेटी–प्रसाद चढाइरहनुको सट्टा समाजमै रहेका दीनदुःखी र अभावमा बाँचिरहेकालाई सहयोग गर्न सके साँचो धर्म हुने सन्देश प्रवाह गरेको छ ।

गीतममा सुगम आफैले संगित दिएका छन । उक्त गीतको संगीत संयोजन शैलेन्द्र प्रधानले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.