Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेपाली कांग्रेस किन जान सकेन प्रादेशिक संरचनामा…..?

Loading

काठमाडौ,१७ साउन ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरु प्रादेशिक संरचनामा गएपनि संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस अझै प्रादेशिक संरचनामा जान सकेको छैन् । देश संघीय व्यवस्थामा गएको दुई वर्ष बित्दा पनि संसद्को ठूलो दल कांग्रेस भने पुरानै संरचनामा चलिरहेको छ । ३ असोज ०७२ मा संघीय संविधान जारी भएको पाँच महिनापछि १३औं महाधिवेशन गरेको कांग्रेसको विधान पनि संघीय सरंचनाअनुसारको छैन ।
केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीका निकायलाई संघीय संरचनामा लैजान माग गर्दै आएका छन् । तर, नेतृत्वले सुनुवाइ गरेको छैन् । नेपाली कांग्रेसका एक जना प्रभावशाली नेताले भनेः‘संविधानले संघीय संरचनाको परिकल्पना गरेपछि हाम्रो पार्टीका संरचनालाई पनि संघीयताअनुसार ढाल्नुपर्ने हो, तर संविधान बनेको दुई वर्षसम्म कुनै प्रगति भएको छैन,पार्टी पदाधिकारी नै यी विषयमा छलफल गर्न गम्भिर छैनन् ।’
०७२ फागुनमा कांग्रेसले १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको थियो । पहिले १४ अञ्चलबाट एकजना केन्द्रीय सदस्य निर्वाचित हुनेमा १३औँ महाधिवेशनमा सात प्रदेशबाट दुईजनाको दरले १४ सदस्य निर्वाचित गर्यो । तर, पार्टी संरचना संघीयताअनुसार बदल्न सकेन । विधानमा प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिको उपस्थितिमा प्रदेश कार्यसमिति गठन गर्ने भन्ने व्यवस्था गरिएको छ, तर यो व्यवस्थालाई कांग्रेसले अघि बढाउन सकेको छैन । प्रदेश कार्यसमिति गठनबारे बहस, छलफल र विमर्श केही पनि भएको छैन । कतिसम्म भने कांग्रेसले प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट प्रदेश संयोजकसमेत तोकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed