Breaking News.... EverestOnlineKhabar
March 13, 2026

रुसी र अमेरिकी लडाकु विमानबीच आकाश मै तनाव…..

Loading

एजेन्सी,८ असार ।
अमेरिकी अधिकारीहरुका अनुसार रुसी लडाकु विमानले बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानको निकै नजिकबाट उडान भरेको छ । अधिकारीहरुका अनुसार रुसी लडाकु विमान अमेरिकी विमान आरसी–१३५ बाट पाँच फिटको दुरीमा उडेको थियो । आकाशमा यसरी विमानहरु नजिक आउनु निकै खतरनाक मानिन्छ ।
रुसले भने अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण रुसी लडाकु विमानले उसलाई लखेटेको जनाएको छ । यसैबीच रुसी मिडियाका अनुसार रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएको थियो । इतरतास समाचार एजेन्सीका अनुसार अमेरिकी एफ–१६ लडाकु विमानलाई रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।
रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेको थियो । अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेको बताइए पनि यसबारे विस्तृत विवरण खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.