Breaking News.... EverestOnlineKhabar
March 19, 2026

Loading

काठमाडौ, जेठ ।
यो वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागबाट सोमबार बेलुका मनसुन प्रवेश गरेको हो । तर पू्र्णरूपमा सक्रिय हुन र देशभरि नै फैलन भने अझै केही दिन लाग्ने अनुमान गरिएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रन्छ । तर यो वर्ष २ दिन ढिला गरी सुरू भएको महाशाखाले जनाएको छ । सन् २००९ देखि लगातार २–४ दिन ढिला गरी मनसुन भित्रिएको छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यो वर्ष मध्य तथा सुदूर पश्चिमका धेरै ठाउँमा सामान्य भन्दा कम वर्षा हुने र बाँकी भूभागमा सामान्य वर्षा हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.