![]()
काठमाडौ,१७ जेठ ।
रातारात कुनै नाटकिय ढंगबाट गम्भिर खेल नभए अबको केहि दिनमै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । सहमतिय सरकारको सम्भावना समाप्त प्रायःभएपछि वर्तमान गठवन्धन कायम रहने र सभापति देउवा स्वतःप्रधानमन्त्री हुनेछन् । अब बन्ने सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन वर्तमान गठवन्धनमा रहेका दलहरुबीच मन्त्री छान्ने कसरत समेत भईरहेको छ । काँग्रेस र माओवादीका तर्फबाट देउवा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार भएपनि मन्त्रीमा को–को आउने भन्ने कसैको निश्चित छैन् । यद्यपि दुवै पार्टीभित्र नेताहरुले भने आफ्नो–आफ्नो तरिकाले मन्त्री बन्ने दौड शुरु गरिसकेका छन् ।
तर माओवादी केन्द्रले भने मन्त्री छान्न एक सुत्र ल्याएको छ । उक्त सूत्रले माओवादीभित्र केही नेतालाई उत्साही र केहीलाई चिन्तित बनाएको छ । सूत्र यस्तो छ जुन लागु भयो भने धेरै नेतालाई मन्त्री हुने बाटो एकै पटक बन्द हुनेछ । सूत्र लागु नभए मन्त्री हुने ढोका चाहीँ खुलै रहनेछ । यही कारण यो सूत्रलाई लिएर माओवादी नेताहरु बन्द कोठाभित्र छलफल गर्न थालेका छन् । माओवादीको सर्मथनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेको थियो । त्यसबेला उपप्रधान तथा उर्जा मन्त्रीसहित टोपबहादुर रायमाझीले माओवादी तर्फबाट सरकारको नेतृत्व गरेका थिए । ओली सरकारका पाला रायमाझीबाहेक माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, रेखा शर्मालगायतका नेताहरु मन्त्री भएका थिए । त्यसबेला सरकारमा रहेका मन्त्रीहरु एमाले–माओवादी गठबन्धन कायम राख्नुपर्छ भन्नेमा थिए ।
जब, एमाले–माओवादी गठबन्धन भत्कियो र काँग्रेस माओवादी गठबन्धन बन्यो । त्यसैका आधारमा प्रचण्ड नेतृत्वको सरकार गठन भयो । प्रचण्ड नेतृत्वको सरकार गठनलगत्तै माओवादीभित्र मन्त्री को हुने भन्नेमा महाभारत भयो । धेरै दावेदारीकाबीच विवादले चरम रुप लिएपछि माओवादीले नयाँ सूत्र खोज्यो र मन्त्री छान्यो ।
यसपटक पनि यसअघि सरकारमा सहभागि भएकाहरुलाई पुनः अवसर नदिने सुत्र लागु भयो भने माओवादी केन्द्रभित्रका नयाँ अनुहारले अवसर पाउनेछन् । तर,पहिले मन्त्री भईसकेकाको भने हरिबेजोक हुने निश्चित छ ।


