Breaking News.... EverestOnlineKhabar
February 8, 2026

फेरी पनि बहुमतिय सरकारः कांग्रेस सभापति देउवालाई ३५० भन्दा बढी सांसदको समर्थन……

Loading

काठमाडौ,१७ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति सरकारको लागि दलहरुलाई दिएको ७ दिनको समय सकिएको छ । यस अवधिमा सहमति सरकार गठनको लागि दलहरुबीच एक पटक पनि गम्भिर छलफल हुन सकेन । दलहरुबीच सहमतिय सरकार निर्माणको लागि छलफल समेत हुन नसकेपछि अब बहुमतिय सरकार बन्ने निश्चित भएको छ । यसैले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने भएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो।
सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समय सकिन लाग्दा कांग्रेसले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा वर्तमान सत्ता गठबन्धनमा रहेका दलले पनि नया सरकार गठनमा समर्थन गर्ने आश्वासन दिएका छन्।
नेकपा माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन्। त्यसअनुसार बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसदको समर्थन रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.