![]()
ललितपुर,जेठ ।
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । मंगलबार राती प्रकाशित निर्वाचन अधिकृतको अन्तिम नतिजा अनुसार महर्जनले ३२६ मतको अन्तरले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराउँदै ललितपुर महानगरको पहिलो विजेता बन्न सफल भएका हुन् । चिरिबाबुले २४ हजार ६ सय ४२ मत ल्याए भने हरिकृष्णले २४ हजार ३ सय १६ भोट ल्याए । साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत पाए।
यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भएकी छन् । उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याए । बाबुकाजीले १० हजार ५ सय ४० ल्याए भने उपमेयरकी विजेता गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीकी रहेकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्।


