Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सुडानमा झडपमा परी ४० जना बिद्रोहीको मृत्यु

Loading

एजेन्सी,६ जेठ ।
दक्षिण सुडानको विएह राज्यस्थित वाट क्षेत्रमा सुरक्षाकर्मीसँग भएको झडपमा कम्तिमा ४० जना विद्रोहीको मृत्यु भएको छ । सरकारी सेनासँग भएको झडपमा प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएका छन् । त्यसैगरी विद्रोहीतर्फ ठूलो संख्यामा घाइते भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् । दक्षिण सुडानको सीमा क्षेत्रस्थित एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed