Breaking News.... EverestOnlineKhabar
April 27, 2026

प्रधानन्यायाधिश महाअभियोग प्रकरणःदुवै पक्ष संयमित…………

Loading

काठमाडौ,बैशाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागि परे पनि ध्रवीकृत राजनीतिक विभिन्न पक्षले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् ।
महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार सभामुख ओनसरी घर्तीमगरले गरेकी छन् भने सर्वोच्चको एकल इजलासद्वारा गरिएको अदालतमा उपस्थित हुने आदेश पालना गर्दै प्रधानन्यायाधीश सुशीला कार्की अदालतमा हाजिर भए पनि पहिलेभन्दा नरम र फरक ढंगले प्रस्तुत भएकी छन् । उनले विभिन्न मुद्दामा इजलास तोकिन् तर आफूले कुनै पनि मुद्दा हेरिनन् । उता कार्कीको निलम्बनपछि कार्यवाहकको भूमिका सम्हालेका वरिष्ठ न्यायाधीश गोपाल पराजुली भने घरमा पूजा रहेकाले अदालतमा उपस्थित भएनन् ।
परिस्थितिलाई सामान्य बनाउन प्रधानन्यायाधीश लामो बिदामा जाने वा राजीनामा नै दिने भन्ने अड्कलबाजीकै बीच सर्वोच्च् अदालतको नियमित कार्यालय समयपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गइन तर एक घन्टा लामो वार्तापछि कानून दिवसका अवसरमा राष्ट्रपतिलाई आमन्त्रण गर्न गएको आधिकारिक सूचनाबाहेक अरु विवरण गोप्य राखिएको छ ।
ध्रवीकृत राजनीतिमा राष्ट्रपति र प्रमुख प्रतिपक्षी एमाले प्रधानन्यायाधीशका पक्षमा देखिएका छन् भने महाभियोगका पक्षधर र सत्ता गठबन्धन अर्को पक्ष बनेका छन् । दलहरुमा यसबारे चिन्ता देखिए पनि पूर्ववर्ती अडान यथावत् नै रहेको संकेत प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed