Breaking News.... EverestOnlineKhabar
February 4, 2026

निर्वाचन सुरक्षाः सुरक्षाकर्मीले अनुमति नलिइ गोली चलाउन सक्ने

Loading

काठमाडौ,बैशाख ।
आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्।
मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ ।
यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् । केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ । यही विभाजनअनुसार कन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निर्क्यौल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.