![]()
काठमाडौ,बैशाख ।
प्रहरीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले उपत्यकाका दुई महानगरपालिकासहित सबै नगरपालिका र गाउँपालिकाको सुरक्षा व्यवस्था कडा पारेको हो ।
निर्वाचनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यका भित्रिने सबै नाकामा प्रहरी संख्या बढाएको छ भने सुरक्षा जाँचलाई पनि कडा बनाउँदै लगेको छ ।
सादा पोसाकमा पनि ठूलै संख्यामा प्रहरी परिचालन गरिएको छ । उपत्यका भित्रिने प्रमुख नाका थानकोट, फर्पिङ, चापागाउँ, भक्तपुरको जगाती, बालाजु, साँखु, बूढानिलकण्ठ र ललितपुरको भट्टेडाँडामा प्रहरीले पैदल र सवारी साधनमाथि निगरानीसमेत बढाएको छ ।
यस्तै,विशेष सुरक्षा योजना अन्र्तगत सिसिटिभीबाट पनि निगरानी भईरहेको छ ।


