Breaking News.... EverestOnlineKhabar
February 8, 2026

अज्ञात समुहद्वार हेटौंडाको खानी क्षेत्रमा ५ एक्साभेटरमा आगजनी

Loading

हेटौडा,२२ बैशाख ।
मकवानपुरको हेटौंडास्थित शिवम् सिमेन्टको खानी क्षेत्रमा रहेका पाँचवटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गढि गाउँपालिका–७ सुकौरास्थित चुनढुंगा खानी क्षेत्रमा रहेका ८ मध्ये ५ वटा एक्साभेटरमा गएराति आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
आगजनी भएका ५ वटै एक्साभेटर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्ट उद्योगका सम्पर्क अधिकृत अच्युत पराजुलीका अनुसार आगजनीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.