![]()
काठमाडौं, वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहितको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुले औपचारिक भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकास एवं समृद्धि नै आफ्नो चाहना भएको र आफूले यसमा सदैव जोड दिँदै आएको बताएको जनाइएको छ ।
महासंघको टोलीले आर्थिक विकासका विषयहरुलाई महासंघको नयाँ टिमले जोड्तोड्का साथ अगाडि बढाउने विश्वास दिलाएको जनाइएको छ ।

