Breaking News.... EverestOnlineKhabar
April 18, 2026

नेकपा (एमाले) को स्थानीय तह निर्वाचन २०७४ घोषणापत्र सार्वजनिक

Loading

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सोमबार सार्वजनिक गरेको छ। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामेदव गौतम, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। ५२ पृष्ठको एमालेको घोषणापत्रमा विभिन्न विषयहरुमा ५३ बुँदा समेटिएको छ। घोषणापत्रको बुँदा नम्बर ३४ मा स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा एमालेले आफ्नो धारणा उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय सम्बन्धबारे मुख्य वुँदा यस्ता छन् :
१. राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने।
२. सयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, क्षेत्रीय सम्बन्ध र सहयोग जस्ता अन्तरर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताको अनुशरण गर्दै नेपालको भूमि कुनै पनि
मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने कुरा सुनिश्चित गर्ने।
३. अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिको मूल लक्ष्य विश्वशान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्दै नेपालको विकास र नेपाली जनताको
समृद्धिमा योगदान पुर्‍याउनु हुनेछ।
४. नेपालले सदैव स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ र आफ्ना आन्तरिक मामलाहरूमा बाह्य हस्तक्षेपलाई अस्वीकार गर्दै आफ्ना समस्याहरूको समाधान
आफैले गर्ने। हीनताबोध, लघुताभाष र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गर्ने।
५. साम्राज्यवाद, प्रभुत्ववाद, नवउपनिवेशवाद, सशस्त्रीकरण, जातिवाद, रंगभेद तथा आतंकवादको विरोध गर्दै विश्वशान्ति, निशस्त्रीकरण र न्यायपूर्ण
अन्तर्राष्ट्रिय प्रणालीको समर्थन गर्ने।
६. विदेशस्थित नेपालका कुटनीतिक नियोगहरूलाई आर्थिक कूटनीतिको क्षेत्रमा प्रभावकारी किसिमले परिचालन गर्ने।
७. सन् १९५० लगायत सबै असमान सन्धि र सम्झौताहरू खारेज गरी पञ्चशीलको आधारमा नयाँ सन्धि गर्ने।
८. सीमा सम्बन्धी समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल र द्विपक्षीय वार्ता प्रक्रिया अगाडि बढाइने छ। नेपालको
अन्तर्राष्ट्रिय सीमानालाई अन्तर्राष्ट्रिय कानून र स्थापित मान्यता अनुरुप नियमित गरिने छ।
९. कामको सिलसिलामा प्रवासमा रहेका नेपाली नागरिकहरूको हक सुरक्षा गरिने छ। गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्रिय
निर्माणमालगाउन आवश्यक व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed