Breaking News.... EverestOnlineKhabar
April 29, 2026

नयाँ शक्तिको प्रतिवद्धता पत्र: बार्षीक तीन लाखलाई रोजगारी

Loading

काठमाडौं, वैशाख १८ । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज(सोमबार) आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।

सो पार्टीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सदाचार, स्वाधीनता/सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको जानकारी दिएको छ ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै आगामी पाँच वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने आर्थिक विकास तथा समृद्धिका लागि विभिन्न सूचकाङ्कसमेत सार्वजनिक गरे ।

पच्चीस वर्षमा प्रति व्यक्ति आय १५ हजार डलर पुर्‍याउने, पाँच वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतसम्म पुर्‍याउने, वार्षिक तीन लाख रोजगारी सृजना गरी रोजगारीमा जाने सङ्ख्या प्रतिदिन पाँच सयमा झार्ने, १५ वर्ष मुनि र ६५ वर्षमाथिको जनसङ्ख्यालाई निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने तथा पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रुपमा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पुर्‍याउने लक्ष्य रहेको सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यसैगरी ‘अवको निकाश, आर्थिक विकास– समृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रमा समतामूलक समृद्धि, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, आर्थिक विकास र समृद्धिको मार्गचित्र, विकासको अवधारणा र नीति, आर्थिक क्रान्तिका निम्ति विशेष प्रतिबद्धता, लगानीको स्रोत, सिर्जना गरिने रोजगारीको सङ्ख्या, कृषि र पशुपालन, औद्योगिक विकास, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विषय सेटिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed