Breaking News.... EverestOnlineKhabar
April 29, 2026

राप्रपाले बोलायो आकस्मिक बैठक

Loading

१७ बैशाख, काठमाडौं । सत्तारुढ राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यो बैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्नेबारे निर्णय गर्नेछ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको छ।
महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।

यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ । यो बैठकले सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed