Breaking News.... EverestOnlineKhabar
April 9, 2026

सेयर बजार ओरालो, कारोबार पनि खुम्चियो

Loading

काठमाडौं, वैशाख १७ । आइतबार सेयर बजार ओरालो लाग्यो । कारोबार पनि खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २० अंक बराबरले ओरालो लागेर १६ सय ५० आइपुग्यो । कारोबार भएकामध्ये उत्पादनमूलक र अन्यबाहेक अरु सबै समूह ओरालो लागे ।

बिमा समूह सबैभन्दा उच्च १ सय ६७ अंकले झर्‍यो । होटल समूह पनि ५३ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले ओर्लिए । उत्पादनमूलक समूह भने ३० अंकको वृद्धि आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको १२ लाख ४० हजार कित्ता सेयर ७८ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed