Breaking News.... EverestOnlineKhabar
April 28, 2026

आईपिएल क्रिकेटःदिल्लीलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

Loading

मुम्बई,१६ बैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट साइडर्सले दिल्ली डेयरडेभिल्सलाई हराएको छ र शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले मात्र १६.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । सुनिल नरिन मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो ।
तर, गौतम गाम्भीर रोविन उथप्पासँग शतकीय साझेदारी गरे । १०८ रनको साझेदारी गर्दै जितको आधार बनाएका उथप्पा ५९ रनमा आउट भए । मनिष पाण्डे ५ रनमा आउट भए । तर, गाम्भीरले ज्याक्सनसँग मिलेर टिमलाई जिताए । गाम्भीर ७१ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि सञ्जु सामसुनले ६० र श्रीयाष आयरले ४७ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । नाथन कल्टर नाइलले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed