Breaking News.... EverestOnlineKhabar
April 11, 2026

Loading

एजेन्सी,१६ बैशाख ।
प्रिमियर लिगमा बढुवा भएको न्युक्यासल युनाइटेडले च्याम्पियनसिप फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ । च्यामपियनसिप अन्तर्गत शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले हराएर न्युक्यासलले उपाधि सम्भावना कायम राखेको हो ।
न्युक्यासलको जितमा क्रिष्टियन एट्सु र इसाक हायडेनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा एट्सुले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । ६५ औं मिनेटमा हायडेनले गोल गरेपछि न्युक्यासलले २–० को जित निश्चित ग¥यो ।
जितपछि दोस्रो स्थानमा रहेको न्युक्यासलको लिगको एक खेल बाँकी हुँदा ९१ अंक भएको छ । उ शीर्ष स्थानको ब्राइटन भन्दा एक अंकले मात्रै पछि छ । तर ब्राइटनले दुई खेल खेल्न बाँकी छ र उसले एक मात्र खेल जितेमा पनि उपाधि पक्का हुनेछ । ब्राइटन पनि यसअघि नै प्रिमियर लिगमा बढुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed