Breaking News.... EverestOnlineKhabar
February 9, 2026

अबदेखि डिजिटल टिभी अनिवार्य…..

Loading

काठमाडौ,बैशाख ।
सूचना तथा सञ्चार मन्त्रालयले यही वैशाख १५ देखि केवल टेलिभिजन प्रसारकहरूलाई एनालग सिस्टमबाट डिजिटलमा जान स्मरण गराएको छ । मन्त्रालयले काठमाडौं उपत्यकासहित ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरमा पहिलो चरणमा केवल टिभीलाई डिजिटलमा लैजान लागेको हो । सरकारले वैशाख १५ देखि डिजिटल टिभी अनिवार्य गरे पनि सबै सेवा प्रदायक यसका लागि तयार भइसकेका छन् । केही सेवा प्रदायकले १५ गतेबाट एनालग टेलिभिजन बन्द हुने विज्ञापन प्रशारण गरिरहेका भए पनि कतिपयले न ग्राहकलाई त्यसबारे जानकारी गराएका छन्, न त आफ्नो तर्फबाट तयारी गरेका छन् ।
सञ्चार मन्त्रालयले पनि १५ गतेबाट सबै केवल टेलिभिजन डिजिटल प्रविधिमा गइनहाल्ने बताउँदै आएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एनालग सिग्नल प्रदायकलाई डिजिटल प्रविधिमा जान चाहे वैशाख १५ गतेभित्र निःशुल्क डिजिटल प्रविधिमा जान सक्ने तर त्यसपछि भने कर छुट र भन्सारलगायत सुविधामा छुट नदिने भनेको बताए ।
डिजिटल टेलिभिजनको सेवा दिइरहेकाहरू भने मन्त्रालयले कुरा फेरेको आरोप लगाउँछन् । डिस होमका महाप्रबन्धक कल्याण अधिकारीले डिजिटल प्रविधिको लोकप्रियता देखेर केही अत्तालिएको तर्क गरे । अहिले नेपालमा करिब ८ सय केवल टिभी रहेको र कतिपय दर्तासमेत नभई गैरकानुनी रूपमा चलिरहेको उनको दाबी छ ।
प्रवक्ता ढकालले भनेः‘साविकका नगरपालिकामा यो कार्यक्रम ६ महिनाभित्र लागु गर्नुपर्छ । बाँकी क्षेत्रमा ०७५ वैशाख १५ गतेसम्म लागु गर्नुपर्नेछ । कसले सरकारले भनेको मान्दैन, त्यो १६ गतेबाट थाहा हुन्छ ।’
डिजिटल केवलमा गएपछि सरकारको करमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.