Breaking News.... EverestOnlineKhabar
February 7, 2026

इयुद्वारा स्थानीय चुनावको स्वागत

Loading

काठमाडौ,१५ बैशाख ।
युरोपेली सङ्घले नेपालमा हुन लागेको स्थानीय तहको चुनावको स्वागत गरेको छ । सङ्घले यही वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा हुने स्थानीय तहको चुनावको सफलताको शुभकामनासमेत दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्छे टेरेन्कले बिहीबार गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा स्थानीय तह चुनावको स्वागत गरेका हुन् ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल नेपाली नागरिकले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकार संस्थागत गर्न चुनावमा होमिएको बताउँदै निर्वाचनले सिंहदबारमा केन्द्रित नागरिकको अधिकारलाई नागरिकको घरआँगनमा पु¥याउने बताए । उनले स्थानीय तहको चुनावलगत्तै प्रदेश र सङ्घको चुनाव हुने र तीन तहको बलियो सरकार निर्माणपछि नेपाल समृद्धिको दिशामा द्रुतगतिमा अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.