Breaking News.... EverestOnlineKhabar
March 5, 2026

आइपीएल क्रिकेटः कोलकाता शीर्षस्थानमा

Loading

एजेन्सी,१४ बैशाख ।
पुणेलाई हराउँदै कोलकाता इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हरायो । १ सय ८३ रनको लक्ष्य कोलकाताले ११ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गर्‍यो ।
कोलकाताको जितमा रोविन उथप्पाले ८७ तथा गौतम गाम्भिरले ६२ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । पुणेका लागि कप्तान स्टेभेन स्मिथले अविजित ५१ रन तथा अजिन्क्या राहानेले ४६ रन जोडेका थिए ।
गएरातिको जितपछि कोलकाता अंक तालिकाको शीर्ष स्थानका उक्लिएको छ । ८ मध्ये ६ खेल जितेको कोलकाताको १२ अंक छ । ४ खेल जितेको पुणे भने ८ अंकको साथ चौथो स्थानमा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.