Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ताकेतापछि ठुला सरकारी कार्यालयले तिरे पानीको बक्यौता….

Loading

काठमाडौ,बैशाख ।
पटक–पटकको ताकेतापछि ठूलाबडा सरकारी कार्यालयले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाइ मन्त्रालयले पत्रै काटेर ताकेटा गरेपछि बक्यौता तिरेका हुन् ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास, बालुवाटारले वैशाख १० गतेसम्मको पानी बक्यौता रकम २९ लाख २६ हजार एक सय ३० रुपैयाँ तिरेको छ । त्यसैगरी प्रधानन्यायाधीश निवास बालुवाटारले १५ लाख ६२ हजार रुपैयाँ, सभामुख निवासले पाँच लाख ५८ हजार रुपैयाँ, मन्त्रीक्र्वाटर पुल्चोकले ५१ लाख ९८ हजार रुपैयाँ केयूकेएललाई तिरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed