![]()
एजेन्सी,१४ बैशाख ।
टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परि कुर्दिसमा मंगलबार कम्तीमा ५० जनाको ज्यान गएको छ । इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने कुर्दिसमा रहेको रेडियोको स्टेसनलाई लक्षित गरी आक्रमण भएको अनुगमनकर्ताहरुले बताएका छन् ।
सिरियातर्फको हासाकाह प्रदेशमा पर्ने ग्रामीण क्षेत्रमा २२ जना मारिएको अधिकारीहरुले जनाएका छन् । इराकतर्फको सिन्जार क्षेत्रबाट २८ जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटले जनाएको छ । बेलायतमा रहेको अनुगमनकर्ताहरुको सो संस्थाले अरु २६ जना घाइते र बेपत्ता भएकाले ज्यान जानेहरुको संख्या अझ बढ्न सक्ने बताएको छ । कुर्दहरुसँगको टर्कीको सत्रुताका कारण कुर्द क्षेत्रमा हिंसात्मक घटना भइरहेको छ । टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको उत्तरी क्षेत्रमा पनि कुर्दहरुलाई उपस्थितिमा निकै कडाइ गरिएको छ । अमेरिकाले भने टर्कीको तर्फबाट भइरहेको सुरक्षा कारबाहीमा चासो व्यक्त गरेको छ । टर्कीले आतंकवादविरुद्धको गठबन्धनसँग कुनै सहकार्य नगरेको अमेरिकाको टिप्पणी छ ।


