Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इंग्लिस प्रिमियर लिगःआर्सनल विजयी,शीर्ष चारमा रहने सम्भावना बलियो

Loading

एजेन्सी,१४ बैशाख ।
इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना समेत कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० ले हराउँदै छैटौं स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा आर्सनलले साबिक विजेता लेस्टर सिटीलाई १–० ले हरायो । आर्सनलको जितमा ८६ औं मिनेटमा लेस्टरका रोबर्ट हुथले गरेको आत्मघाती गोल निर्णायक बन्यो । एलेक्स सान्चेजले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । तर गोल भने गर्न सकेनन् ।
जितपछि ३२ खेलबाट ६० अंकसहित आर्सनल छैटौं स्थानमा उक्लिएको छ । आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ । १५ औं स्थानको लेस्टरको ३३ खेलबाट ३७ अंक छ । राति नै भएको अर्को खेलमा मिडल्सबर्गले सन्डरल्याण्डलाई १–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed