Breaking News.... EverestOnlineKhabar
February 5, 2026

Loading

काठमाडौं, वैशाख ११ । स्थानीय तहको निर्वाचनका बेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ ।

निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहुँदा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ ।

निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए । –नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.