Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भ्यानले स्कुटीलाई ठक्कर दिँदा १९ वर्षीया किशोरीको मृत्यु

Loading

चितवन, वैशाख ९ । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट शनिबार मध्याह्न एक किशोरीको मृत्यु भएको छ ।

चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना१च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना३६प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी १९ वर्षीया वर्षा आचार्यको मृत्यु भएको हो ।

मध्याह्न १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएकोमा १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed