Breaking News.... EverestOnlineKhabar
April 9, 2026

भेनेजुएलामा प्रदर्शन: दुई जनाको मृत्यु

Loading

भेनेजुएलामा सरकारको विरोध र समर्थनमा विशाल प्रदर्शनहरु भएका छन्।

त्यस क्रममा दुई जना मानिसको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

नयाँ राष्ट्रपतीय चुनाव र थुनामा रहेका विपक्षी राजनीतिकर्मीको रिहाइको माग गर्दै दशौं हजार मानिस सडकमा उत्रिएका हुन्।

आरोप

प्रदर्शन हिंसात्मक बन्दा एक किशोर र एक महिलाको ज्यान गएको छ।

राष्ट्रपति मदुरोले विपक्षीहरुले प्रहरीमाथि आक्रमण गरेको तथा लुटपाट गरेको आरोप लगाएका छन्।

सरकार समर्थकहरुले पनि राजधानी काराकासमा छुट्टै भेलाको आयोजना गरेका छन्।

संसारमा सबैभन्दा ठूलो तेल खानी रहेपनि भेनेजुएलाले वर्षौयता चर्को महंगी, अपराध र आधारभूत वस्तुको अभाव जस्ता समस्या झेलिरहेको छ।

दबाब

देशभर भइरहेका विपक्षी प्रदर्शनहरु पछिल्लो तीन वर्षको सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ जसका कारण संवादका लागि राष्ट्रपति मदुरोमाथि दबाब सिर्जना हुने ठानिएको छ।

सन् २०१९ भन्दा अघि अर्को चुनाव हुने संकेत देखिदैंन।

तर विपक्षीहरु मुलुक भड्खालोमा धकेलिन लागेको टिप्पणी गर्छन्।

यो वर्ष भेनेजुएलामा महंगी दर ७ सय प्रतिशतसम्म पुग्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed