Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेसका उम्मेदवार सदर गर्न कुन जिल्लामा कुन केन्द्रीय नेता ?

Loading

काठमाडौ । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यतिखेर देशभर दलहरुले कस्ता उम्मेदवार उठाउलान् भन्ने जिज्ञासा सर्वत्र छ । यसैक्रममा विभिन्न दलहरुबाट आफ्ना उम्मेदवार छनौंट गर्ने अन्तिम तयारी गरिरहेका छन् । यसैबीच मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले वैशाख ३१ गते हुने निर्वाचनका लागि क्षेत्रीय समिति र जिल्ला समितिलाई उम्मेदवारको टिकट वितरणको अधिकार दिएको छ । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई पदाधिकारीसरहको अधिकार दिई उम्मेदवारको टिकट वितरणका लागि जिल्लामा खटाएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार ताप्लेजुङ डा. डिला संग्रौला, पाँचथर सुजाता परियार, इलाम डा.मिनेन्द्र रिजाल, झापा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभा सीता गुरुङ, तेह्रथुम सरिता प्रसाई, भोजपुर विश्वप्रकाश शर्मा, धनकुटा भीष्मराज आङदम्बे, मोरङ कृष्णप्रसाद सिटौला, सुनसरी महेश आचार्य, सोलुखुम्बु केशवकुमार बुढाथोकी, खोटाङ बलबहादुर केसी, ओखलढुंगा गुरुराज घिमिरे, उदयपुर आनन्द ढुंगाना, सप्तरी डा.शेखर कोइराला, सिरहा महेन्द्र यादव, दोलखा किरण यादव, रामेछाप उमाकान्त चौधरी, सिन्धुली रामकृष्ण यादव, धनुषा चित्रलेखा यादव, महोत्तरी सीतादेवी यादव, सर्लाही विमलेन्द्र निधि, रसुवा डा.प्रकाशशरण महत, धादिङ डा. रामशरण महत र नुवाकोटमा प्रकाशमान सिंहले हस्ताक्षर गर्नेछन् ।

यसैगरी, काठमाडौंमा डा. शशांक कोइराला, भक्तपुर सुजाता कोइराला, ललितपुर अम्बिका बस्नेत, काभ्रे मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक अर्जुननरसिंह केसी, मकवानपुर अजयकुमार चौरसिया, रौतहट फरमुल्लाह मन्सुर, बारा रमेश रिजाल, पर्सा महालक्ष्मी उपाध्याय डिना, चितवन डा.प्रकाशशरण महत, गोरखा मानबहादुर विश्वकर्मा, मनाङ जीवनबहादुर परियार, लमजुङ शंकर भण्डारी, कास्की रामचन्द्र पौडेल, तनहुँ कमला पन्त, स्याङ्जा चीनकाजी श्रेष्ठ रहेका छन् ।

त्यस्तै गुल्मी पुष्पा भुसाल, पाल्पा देवेन्द्रराज कँडेल, अर्घाखाँची डा.नारायण खड्का, नवलपरासी सुरेन्द्र पाण्डे, रूपन्देही गोपालमान श्रेष्ठ, कपिलवस्तु बालकृष्ण खाँण, मुस्ताङ अर्जुनप्रसाद जोशी, म्याग्दी रत्न शेरचन, बाग्लुङ गोविन्द भट्टराई, पर्वत प्रदीप पौडेल, रुकुम र रोल्पा हृदयराम थानी, प्युठान पार्वती डीसी चौधरी, सल्यान र जाजरकोट– दीपक गिरी, दाङ ईश्वरी न्यौपाने, डोल्पा र मुगु जीवनबहादुर शाही, जुम्ला लक्ष्मी परियार, कालीकोट गगनकुमार थापा, हुम्ला बहादुरसिंङ लामा, दैलेख– नवीन्द्रराज जोशी, सुर्खेत मिन विश्वकर्मा, बाँके किशोरसिंह राठोर, बर्दिया पूर्णबहादुर खड्का, बाजुरा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङ वीरबहादुर बलायर, कैलाली र बैतडी– एनपी साउद, दार्चुला बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरेले उम्मेदवारहरूको टिकटमा हस्ताक्षर गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले   बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed