Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सीके राउतलाई जन्म कैदको माग राख्दै रुपन्देही प्रहरीद्वारा मुद्धा दर्ता

Loading

स्वतन्त्र मधेसको माग गर्दै तराईमा आन्दोलन गरिरहेका डा. सिके. राउतलाई रुपन्देही प्रहरीले पक्राउ गरी राज्य विरुद्धको मुद्धा चलाएको छ ।राउतले राज्य विरुद्धको अपराध गरेको दाबी सहित जन्म कैदको माग गदै प्रहरीले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलाएको हो । प्रहरीको दाबी अनुसार जिल्ला अदालत रुपन्देहीले राउतको विषयमा थप अनुसन्धान गर्नकोलागी ६ दिनको म्याद दिएको छ । अदालतबाट म्याद थप पाएपछि प्रहरीले राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालेको हो ।

रुपन्देहीको मर्चवारमा फागुन ७ र ८ गते राउतसहित उनका कार्यकर्ताले ट्रकमा आगजनी र प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीको हतियार लुटेपछि प्रहरीले उनको खोजी गरेको थियो
राउतलाई हेटौडाको मनौरीबाट चैत ३१ गते पक्राउ गरिएको हो । राउतलाई राज्य विप्लप र सांगठनीक मुद्दा चलाइएको छ । राजद्रोहको मुद्धा लागेका राउतको मुद्धा प्रक्रिया र थप अनुसन्धान गर्न ६ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्ष बेल बहादुर पाण्डेले बताए ।

यसअघि माघ २० मा उनी जनकपुरबाट पक्राउ परी रिहा भएका थिए । राउतलाई देश विखन्डनको अभिव्यक्ति दिएको आरोपमा पटक पटक पक्राउ गर्दै र छोड्दै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed