![]()
उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गगरेका छन् ।
आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिए।
जिल्ला समन्वय समितिमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उनले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए । “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” – मन्त्री थापाले भनेका छन् ।
निर्देशन कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर पुगेको छ ।


