Breaking News.... EverestOnlineKhabar
March 19, 2026

नयाँ शक्ति सहित ६८ दललाई दलीय चुनाव चिह्न दिन मिल्दैनः निर्वाचन आयोग

Loading

निर्वाचन आयोगले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल सहितका ६८ दललाई दलीय चुनाव चिह्न दिन सकिने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले संविधान र कानुनी व्यवस्था अनुसार संसदमा नरहेका कुनै पनि दललाई दलीय चुनाव दिन नमिल्ने व्यवस्था गरिएको स्पष्ट पारेका हुन् ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आईतबारको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे जानकारी गराउँदै उनले निर्वाचन ऐनले संसदमा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने व्यवस्था गरेकाले त्यसमा आयोगले पुनर्विचार गर्न नमिल्ने उल्लेख गरेका हुन् ।

भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालसहितका ६८ दलले दलीय चुनाव चिह्न दिन माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरुले दलीय चुनाव चिह्नको माग गर्दै काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा अनसन समेत जारी राखेका छन् । निर्वाचन आयोगले मतदाता परिचय पत्रको वितरण सम्बन्धित मतदान केन्द्रबाटै गर्ने योजना पनि बनाएको छ  ।

बैशाख २७, २८ र २९ गते सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम तय गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनले सबै मतदाताको आफ्नै हातमा परिचय पत्र पुर्‍याउन पनि निर्वाचन आयोग लागि पर्ने उल्लेख गरे । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन हुन नसक्ने कानुनी व्यवस्था बुझि दिन पनि राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक ६४ वटा सामग्री तयार गरेको र त्यसलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने कामलाई पनि सुरु गरिएको जानकारी दिएको छ  । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन पनि सबैमा अपिल गर्दै आएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.