Breaking News.... EverestOnlineKhabar
April 29, 2026

मुलुकको विकासका लागि दल एकताबद्ध हुनुपर्छ : सभामुख घर्ती

Loading

काठमाडौं । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेका छन् ।

नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले भने– ‘आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन् ।’

सभामुख घर्तीले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासका लागि दलहरु एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिदैं व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्नसमेत आग्रह गरे ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरे।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलले उठाएका मागलाई सरकारले सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका नाममा मधेसवादी दलमाथि षड्यन्त्र गरिएको आरोप लगाए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र मधेसी जनाधिकार फोरम गणतान्त्रिक का अध्यक्ष राजकिशोर यादवलगायतले अधिकारका लागि मधेसवादी दल एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए ।

सो अवसरमा  विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । महासमिति बैठक यही ५ गतेसम्म हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed