![]()
काठमाडौं, बैशाख २ । मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कारका लागि आन्दोलनका कार्यक्रम थाल्ने भएको छ ।
संविधान संशोधनको नयाँ प्रस्तावलाई समेत अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको मोर्चाले बैशाख २८ गतेबाट आन्दोलनका कार्यक्रम थाल्ने जनाएको हो ।
आज काठमाण्डौको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बसेको मोर्चाको वैठकले मधेशका समस्याप्रति सरकार र प्रमुख दलहरु उदासिन भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।
मोर्चाले आइतबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ ।


