Breaking News.... EverestOnlineKhabar
April 29, 2026

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ ; नेता पौडेल

Loading

(पाल्पा), चैत ३० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भन्नुभयो – “मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ तर त्यो गलत हो ।”

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भन्नुभयो –सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ।”

पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed