Breaking News.... EverestOnlineKhabar
April 29, 2026

तराईमा सुरक्षा फौज परिचालन गरेर भएपनि निर्वाचन गराएरै छाडने प्रमुख आयुक्तको घोषणा….

Loading

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तराई मधेशमा कडा सुरक्षा फौज परिचालन गरेर भएपनि निर्वाचन गराएरै छाडने घोषणा गर्नु भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचनमा भाग नलिने घोषणा गरे लगत्तै प्रमुख आयुक्त यादवले त्यस्तो घोषणा गर्नु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त यादवले तराइका जिल्लाहरुमा सके शान्त नभए कडा सुरक्षा फौज परिचालन गरेरै भएपनि निर्वाचन सम्पन्न गर्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो,‘यसका लागि तपाइहरु तयार रहनु होस । निर्वाचन लोकतन्त्रको कार्यान्वयन हो । निर्वाचनमा खटिने कर्मचारीहरु निश्पष्क्ष र स्वतन्त्र हुनु पर्छ । तपाईहरुको र मतदाताको सुरक्षाका लागि सरकार र निर्वाचन आयोग जस्तोसुकै अवस्था आएपनि समाना गर्न तयार छ ।’ निर्वाचनलाई लक्षित गर्दै थुप्रै थ्रेट आउने गरेपनि आयोग त्यसलाई सामना गर्न तयार रहेको उहाँले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले मधेशी मोर्चाकै सहभागितामा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनु भएको छ । सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई बुधबार दिईएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चा लगायत असन्तुष्ट पक्ष पनि चुनावमा आउने धारणा व्यक्त गर्नु भएको हो ।
‘संघीयता र लोकतन्त्रलाई कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन अपरीहार्य छ । यसमा मधेशका दलहरु बाहिर रहन सक्दैनन् । उनीहरु पनि केहीदिनमै निर्वाचन प्रक्रियामा भागलिन आउने छन्,’उहाँले भन्नुभयो ।
तराईका मुख्य जिल्लाहरु रहेको दुई नम्बर प्रदेशका जिल्लाहरुमा निर्वाचन आयोगले बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको उल्लेख गर्दै राजनीतिक दलहरु पनि निर्वाचनमा आउने विश्वास प्रमुख आयुक्त यादवले व्यक्त गर्नु भयो ।
‘सरकार र आयोग असन्तुष्ट पक्षलाई मिलाएर निर्वाचन गराउन तयार छ । दुई नम्बर प्रदेशका आठ वटै जिल्लाका निर्वाचन कार्यालयको रिपोर्ट अनुसार ती जिल्लाहरुमा निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोक्ने काम समेत सम्पन्न भएको छ । अव सोही अनुसार मतपत्र छपाई, मतदाता नामावली छपाई लगायतका काम गरेर समयमा नै ती जिल्लाहरुमा पु¥याउने काम गरिने छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा यादवले पछिल्लो पटक राजनीतिक दल तथा कार्यकर्ताहरुले निर्वाचन आचार संहिता उलंघन गर्दै हिडेको भन्दै आचारसंहिता कार्यान्वयन गराउँन कडा निगरानी राख्न निर्देशन दिनुभयो । उहाँले आगामी बैशाख १२ गते भित्र सबै निर्वाचन केन्द्रमा कार्यालयहरु सञ्चालन गर्न र तोकिएको स्थानमा खटिन सबै जिल्लाका मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।
यादवले नयाँशक्ति लगायतका साना दलले आफ्नै पार्टीको चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउनु पर्ने भनी गरेको प्रस्ताव भने आयोगलाई कुनै हालतमा मान्य नहुने बताउनुभयो । ती दलहरुले निर्वाचन नियमावली अनुसार आफ्नो पार्टीको चुनाव चिन्ह पाउने छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सञ्चालन भइरहेको म्यादी प्रहरीको तालीमलाई बुधबार नै अवलोकन गर्दै यादवले निर्वाचनमा खटिने सुरक्षाकर्मीहरु निश्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिनुभयो । ‘निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको काँधमा गहन जिम्मेवारी आएको छ । त्यस जिम्मेवारीलाई कुसलतापुर्वक सम्पन्न गर्ने भुमिका खेल्नु होस,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed