![]()
काठमाडौं, चैत ३० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयक अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले नयाँ संविधान संशोधन प्रस्तावले समस्याको समाधान नगर्ने भन्दै स्थानीय चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।
सरकार र प्रमुख राजनीतिक दलहरु समस्या समाधानतिरभन्दा पनि मुलुकलाई द्वन्द्वमा धकेल्न उद्दत रहेको भन्दै मोर्चाले नयाँ संविधान संशोधन प्रस्तावले आफूहरुका माग सम्बोधन नगर्ने निस्कर्ष निकालेको हो ।
संविधान संशोधन प्रस्ताव अस्वीकार गर्दै मोर्चाले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।


