Breaking News.... EverestOnlineKhabar
February 10, 2026

काठमाडौंमा एटिएम चोरी बढ्यो,चोरी गर्ने गिरोह पक्राउ

Loading

काठमाडौ,२२ चैत ।
आईतबार कान्तिपथ स्थित ग्लोबल आईएमई बैंकको एटिएम बुथबाट एक विदेशी नागरीक शंकास्पद तवरले बाहिर निस्किए। रोमानियाको पासपार्ट बोकेर पैसा चोर्नकै लागी नेपाल आएका मोल्दोभियन नागरिक युरिए देरमेन्जी कान्तिपथबाट ठमेलतिर लागे । त्यतिन्जेल सम्म केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको सादा पोशाकका प्रहरीले उनको पिछा गरिसकेका थिए ।
मोल्दोभियन नागरिक देरमेन्जी फटाफट ठमेलको होटल नेपालय भित्र प्रवेश गरे । प्रहरी होटलमै पुग्यो । होटलमा उनिसँगै एटिएम चोरी गर्न आएका गिरोहका अन्य तीन जना सदस्यहरु पनि प्रवेश गरे । केही छिनमै चारै जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
‘हामीसँग उनिहरुले त्यसै दिन ईन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखाको एटिएमबाट पैसा चोरी गरेको सिसीटिभी फुटेज थियो’ केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले भनेः‘त्यहि फुटेजका आधारमा हामिले उनिहरुलाई पिछा गरेका थियौं ।’
केन्द्रिय अनुसन्धान ब्युरोले देरमेन्जी सहित उनका सहकर्मीहरु निकु डिओरडिजा, भासिल फिटस्कु र युजेन्यु डिओरिजा लाई पक्राउ गरेको छ । पक्राउ परेका सवै मोल्दोभियन नागरीक भएपनी उनिहरुसँग मोल्दोभा सहित रोमानियाको पासपार्ट समेत भएको एसएसपी बस्नेतले जानकारी दिए ।
होटल नेपालयको ३०७ र ४०७ नम्बर कोठा बुक गरेर बसेका मोल्दोभियन एटिएम ह्याकरहरुले ७ लाख ८१ हजार भन्दा बढी पैसा अर्काको एटिएमबाट चोरेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले केही अमेरिकी डलर र युरो सहित ४९५ थान एटिएम कार्ड, कार्ड स्किमीङ डिभाईस, तथा ल्यापटप बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.