Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

स्कूल ब्यागको बोझले बच्चाको लागि शारीरिक एवं मानसिक समस्या पैदा गरिरहेको छ। भारी ब्याग  उठाउनाले उनीहरुको रिढको हड्डिमा नराम्रो असर पर्ने बिभिन्न अध्ययनहरुले देखाएका छन्। यसले बच्चाको कम्मर दुख्ने, ढाड दुख्ने, काँध जकडिने जस्ता समस्या झेलिरहेका छन्। स्वास्थ्य विशेषज्ञका अनुसार, यदि बच्चा आफ्नो तौलको १५ प्रतिशत तौल सँधै उठाउँछन् भने उनीहरुलाई कम्मर र ढाड दुख्ने समस्या हुन सक्दछ। हाम्रो देशका बालबालिका अन्य देशको तुलनामा सानैदेखि स्कुल जान लाग्छन् र उनीहरुको साथ जान्छ स्कुल ब्याग।

जसमा उनीहरुको कापी, किताब, टिफिन बक्स र पानीको बोतल हुन्छ। बच्चाको ५ देखि ६ घण्टाको समय स्कूलमा ब्यतित हुन्छ। त्यसैले आफ्नो जरुरतको हर सामान उनीहरु आफ्नो ब्यागमा राख्छन्। त्यसैले उनीहरुको ब्याग धेरै भारी हुन्छ। स्कूल जति उच्च स्तरको हुन्छ त्यहाँको एक्टिभिटी (गतिविधी) पनि त्यतिनै धेरै हुन्छ र आजका विद्यार्थीहर हरेक चिजमा आफूलाई अब्बल बनाउन चाहन्छन्।

स्कुल ब्याग एक गम्भीर समस्या स्कुलका शिक्षकको पनि यस तर्फ ध्यान जाँदैन की विद्यार्थीको स्कुल ब्याग दिनदिनै कति बढ्दै गइरहेको छ भन्ने। उनीहरु कुनै पनि किसिमले बच्चालाई स्वतन्त्र छोड्न चाहँदैनन। बरु उनीहरुलाई लगातार धेरै भन्दा धेरै व्यस्त राख्न चाहन्छन्। उनीहरुलाई लगातार धेरै होमवर्क दिइन्छ ताकि उनीहरु आफ्नो खाली समयको उपयोग घरमा होमवर्क गर्न लगाउन् घुम्न फिर्नमा नलगाउन्।

हाम्रो काँध जुन जोर्नीमा टिकेको हुन्छ, त्यसलाई बाल एन्ड सर्केट ज्वाइन्ट वा कप बल ज्वाइन्ट भनिन्छ। यस किसिमको जोर्नीमा हड्डीको कम र तन्तुको धेरै सपोर्ट हुन्छ। त्यसमा धेरै वजन राख्नाले वा धेरै समयसम्म एकै मुद्रामा बसेर काम गर्नाले त्यसमा दबाब पर्दछ । यसबाट त्यसको मजबूती वा स्थिरता, दुबै खतरामा पर्दछ।

स्कुल ब्याग भारी हुनु एक समस्या हो र बच्चामा पढाइको दवाव दिनु दोस्रो समस्या हो। यी दुवै समस्या बच्चाको शारीरिक र मानसिक विकासमा बाधक बनेका छन्। भारी ब्याग उठाउनाले बच्चाको रीढको हड्डीमा नराम्रो असर पर्दछ र धेरै भार उठाउनाले उनीहरुको रीढको हड्डीको कर्व (घुमाउरो) प्रभावित हुन्छ।

विज्ञहरुले अध्ययन नगरेकाले मात्र यसबारे बहस नभएको हो। अब अभिभावक, शिक्षक र स्कूलहरुले यसबारे छलफल चलाउन जरुरी देखिएको छ । विज्ञहरु बच्चालाई पढाइको बोझ र किताबको बोझ दिनहुँदैन भन्छन्। उनीहरुलाई थोरै होमवर्क दिनुको साथसाथै यस्तो कार्य गर्न दिनुपर्छ जसले उनीहरु व्यावहारिक शिक्षण प्राप्त गर्न सकुन। जस्तोः चित्रको माध्यमले बच्चालाई शिक्षा दिनु, उनीहरुलाई राम्रो राम्रो कथा सुनाउनु, उनीहरुलाई खेल खेलमा व्यावहारिक कुरा सिकाउनु यसका उपाय हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.