Breaking News.... EverestOnlineKhabar
June 7, 2026

तेस्रो चरणको स्थानीय तह निर्वाचन भएका मध्ये ७० स्थानीय तहमा मतगणना जारी,दलहरुबीच तीब्र प्रतिस्पर्धा

Loading

काठमाडौ,३ असोज ।
प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले ७० वटा स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको जनाएको छ । बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछिमात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
प्रारम्भिक मतगणनामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम तीब्र प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed