Breaking News.... EverestOnlineKhabar
June 7, 2026

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नाम सिफारिश गर्न स्थानीय समितिलाई कांग्रेसको निर्देशन

Loading

काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारका आकांक्षीको नाम सिफारिश गर्न स्थानीय समितिलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्य सम्पादन समितिको बैठकले असोज तेस्रो साताभित्रै आकांक्षीको नाम सिफारिश गर्न निर्देशन दिएको हो ।

बैठकले देशैभरीका गाउँ र नगर कार्य समितिलाई असोज १० गतेभित्रै उमेदवारका आकांक्षीको नाम क्षेत्रीय कार्य समितिलाई सिफारिश गर्न निर्देशन दिने निर्णय गरेको हो । गाउँ र नगर कार्य समितिले गरेको सिफारिशअनुसार असोज १३ गतेभित्र जिल्ला कार्य समितिलाई आकांक्षीको नाम पठाउनुपर्नेछ ।

बैठकले असोज १७ गतेभित्र क्षेत्रबाट सिफारिश भएका उमेदवारका नाममध्येबाट उपयुक्त उम्मेदवारको नाम रायसहित पठाउन भनेको छ ।
बैठकले जिल्लाबाट आकांक्षीको नाम सिफारिश गर्दा प्रत्येक क्षेत्रबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने निर्णय गरेको छ । देशैभरीका जिल्लाबाट असोज १७ गते भित्र उमेदवारका आकांक्षीको नाम सिफारिश भएपछि असोज १८ गतेबाट उमेदवारको टुंगो लगाउने काम सुरु गरिनेछ ।

गत भदौ १४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed