![]()
धादिङ । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका केही बिरामीहरुमा डेंगुको संक्रमण भएको फेला परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार अत्यधिक ज्वरो आएका बिरामीको रगत परीक्षण गर्दा डेंगु देखापरेको हो । कार्यालयका अनुसार रगत परीक्षण गरिएका मध्ये दुई जनामा डेंगुको संक्रमण पाइएको छ ।
सफा पानीमा बस्ने ‘इडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेकोे टोकाइका कारण डेंगु संक्रमण हुने चिकित्सकहरु बताउँछन् ।


