Breaking News.... EverestOnlineKhabar
June 6, 2026

यु १९ एसिया कप छनौटः नेपालले पायो ७७ रनको झिनो लक्ष्य

Loading

काठमाडौ,१ असोज ।
यु १९ एसिया कप छनौट प्रतियोगिताको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई ७६ रनमा समेटेको छ । हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाएर ७६ रन बनाएको हो ।
हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनौट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed