Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रदेश २ को स्थानीय तह निर्वाचन प्रचारको आज अन्तिम दिनः शीर्ष नेता कुन कहाँ ?

Loading

वीरगञ्ज,३० भदौ ।
प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलका नेताहरु सक्रिय बनेका छन् । प्रचारको अन्तिम दिन शुक्रबार दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कलैया नगरपालिकाको आमसभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै वीरगन्जको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली आज बारा जाँदै छन् । १२ः४० मा जितपुर–सिमरा नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा ओली सहभागी हुनेछन् । बर्दिवास नगरपालिकाको दिउँसो ३ बजेको चुनावी सभामा पनि ओली पुग्दैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्लाहीको लाबन्दीमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ लाग्दैछन् । उनी दिउँसो वीरगन्जको चुनावी सभामा पनि सहभागी हुनेछन् ।
उपेन्द्र यादव शुक्रबार दिनभर सिराहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । बिहान ८ बजे बन्दिपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साँझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ । नेपाली कांग्रेसका नेता रामचन्द्र पोडेलले पर्साको पोखरिया नगरपालिकाको चुनावी सभालाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed