Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बिबिसि । विश्वको सबैभन्दा पाको उमेरको घरपालुवा पाण्डाको ३७ वर्षको उमेरमा मृत्यु भएको छ । दक्षिण पूर्वी चीनको फुजियानमा बसी नाम दिइएको ३७ बर्षीयको मृत्यु भएको हो ।

पाण्डालाई आफ्नो प्रजातीमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव मानिएको छ । मानवको उमेरसँग तुलना गर्ने हो भने त्यो जीव १०० वर्ष भन्दा बढी बाँच्न सफल भएको छ ।

‘जायन्ट’ अर्थात ठूलो पाण्डालाई चीनको प्रतीकको रुपमा लिइन्छ । यो प्रजातीको संरक्षणलाई सरकारले निकै प्राथमिकता दिएको छ । वर्षौदेखिको संरक्षण प्रयासका कारण पाण्डा संकटापन्न अवस्थाबाट मुक्त भइसकेको छ र अहिले चीनमा पाण्डाको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बसी नाम गरेको उपत्यकाबाट उद्धार गरिएकाले यो पाण्डाको नाम बसी राखिएको हो । चार वा पाँच वर्षको उमेरदेखि बसीलाई फुजियानको आस्रयस्थलमा राखिएको थियो ।

बसीको मृत्युको समाचारलाई चिनियाँ सरकारी टेलिभिजनले निकै प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed