![]()
कायरो,२७ भदौ ।
इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन‘इस्लामिक स्टेट’(आईएस) ले १८ जना प्रहरीको हत्या गरेको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् ।
गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ ।


